बागमती प्रदेशको मुख्यमन्त्रीमा पाण्डेद्वारा दाबी प्रस्तुत
काठमाडौं । बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष मुख्यमन्त्री पदका लागि नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले दाबी गरेका छन् ।
५९ जना प्रदेशसभाका सदस्यको हस्ताक्षरसहित पाण्डेले आजै दाबीसहित पत्र बुझाएका हुन् ।
पाण्डेको समर्थनमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने चारवटा राजनीति दलले सर्मथनसहित हस्ताक्षर गरी दाबी पत्र बुझाइएको प्रदेश प्रमुख सचिवालयले जनाएको छ ।
प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा १६९ को उपचार एकको खण्ड क बमोजिम नयाँ सरकार गठन गर्न कात्तिक ११ गते अपराह्न ३ बजेसम्म समयसीमा निर्धारण गर्नुभएअनुसार मुख्यमन्त्री पदका लागि प्रत्यासी पाण्डेले आजै दाबी पत्र दर्ता गराएका हुन् ।
यसअघि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले दिएको राजीनामा आजै स्वीकृत भएपपछि प्रदेश प्रमुख शर्माले भोली ३ बजेसम्मको समय दिएर नयाँ सरकारको दाबी गर्न आह्वान गरेका थिए ।