११ मंसिर २०८१, मंगलबार

नेकपा एमालेका उपमहासचिव भुसाललाई कोरोना संक्रमण

प्रकाशित मिति :  27 October, 2021 6:07 pm


काठमाडौं । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसाललाई कोरोना संक्रमण भएको छ । भुसालको सचिवालयका अनुसार उनको स्वास्थ्य अवस्था समान्य रहेको छ ।

भुसालको सहयोगी शालिक भण्डारीले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्,“नेकपा (एमाले)का उपमहासचिव घनश्याम भूसाललाई कोभिड-१९ संक्रमण भएको छ । अहिले उहाँ सामान्य स्वास्थ्य अवस्थामा घरमै आराम गरिरहनुभएको जानकारी गराइन्छ ।”



प्रतिक्रिया दिनुहोस !