१३ मंसिर २०८१, बिहिबार

नोट छाप्नको लागि राष्ट्र बैंकले छनोट गर्यो १० विदेशी कम्पनी

प्रकाशित मिति :  29 October, 2021 2:14 pm


काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ नोट छाप्नको लागि १० विदेशी कम्पनीहरु छनोट गरेको छ ।

शुक्रबार एक सूचना जारी गर्दै बैंकले यसअघि गत २२ जुलाई २०२१ मा गरिएको सार्वजनिक खरिद बोल कबोलमार्फत १० विदेशी कम्पनीहरु छनोट भएको जनाएको छ ।

नोट छाप्नका लागि ब्राजिलको कासा डी मोइडा डो ब्राजिल, चिनियाँ बैंकनोट प्रिन्टिङ एण्ड मेटेनिङ कर्पोरेशन, चाइना, क्रेन एबी स्वीडेन, डी ला रुई इन्टरनेशनल लिमिटेड लन्डन, गिसेक्ट प्लस डिभे्रन्ट करेन्सी टेक्नोलोजी जीएमबीएच, जर्मनी छनोटमा परेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, ज्वाइन्ट स्टक कम्पनी गोजांक, रसिया, कोरियन मेन्टेनिङ सेक्युरिटी प्रिन्टिङ एण्ड आईडी कार्ड अपरेटिङ कर्प कोरिया, ओवरथर फिडम्युकेयर एसएएस फ्रान्स, ओरेल फुसी सेक्युरिटी प्रिन्टिङ स्वीजरल्याण्ड र सेक्युरिटी प्रिन्टिङ एण्ड मेन्टेनिङ कर्पोरेशन अफ इन्डिया लिमिटेड, इन्डिया समेत छनोटमा परेको राष्ट्र बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !