१३ मंसिर २०८१, बिहिबार

नेपाल बार एशोसिएसनकै परिसरमा दुई जना वकिलबीच कुटाकुट

प्रकाशित मिति :  29 October, 2021 2:33 pm


काठमाडौ । नेपाल बार एशोसिएसनकै परिसरमा दुई जना वकिलबीच विवाद कुटाकुटसम्मको अवस्थामा पुगेको छ । न्यालयको विवाद यति चर्कियो कि शुक्रबार दिउँसो कानून व्यवसायी विराट न्यौपाने र भूमिनन्द चुडालबीच विवाद हुँदा कुटाकुट भएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै न्यायाधीशहरुले इजलास बहिष्कार गरिररहेका छन् । त्यही विषयमा भनाभन हुँदा दुईबीच कुटाकुट भएको हो ।

त्यहाँ उपस्थित कानूनी व्यवसायीहरुका अनुसार अधिवक्ता चुडालले सबै वकिल धनि हुँदैनन् इजलास नबस्दा चल्न गाह्रो भयो भन्दा अर्का कानुन व्यवसायी विराट न्यौपानेले दुव्यवहार गरेको बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !