१४ मंसिर २०८१, शुक्रबार

आज मध्यरातिदेखि संघीय संसदका दुवै सदनको अधिवेशन अन्त्य

प्रकाशित मिति :  29 October, 2021 3:53 pm


काठमाडौं । संघीय संसदका दुवै सदनको चालु अधिवेशन शुक्रबार मध्यरातदेखि अन्त्य भएको छ । राष्टपछि विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा ९३ को उपधारा २ बमोजिम शुक्रबार राति १२ बजेदेखि संसद्का दुवै सदन अन्त्य भएको घोषणा गरेकी छन् ।

संघीय संसदका महासचिव डा. भरतराज गौतमले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कात्तिक २९ गतेका लागि डाकिएको प्रतिनिधिसभाको बैठक पनि अन्त्य भएको जानकारी दिएका छन् ।

गत २३ भदौबाट नवौँ अधिवेशन सुरु भएको थियो । तर, सुरुकै बैठकबाट प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरूको नाराबारी खेप्दै आएको प्रतिनिधिसभामा हिजो अन्तिम बैठकमा पनि नाराबाजी गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !