९ माघ २०८१, बुधबार

आगामी महाधिवेशनबाट विचार र नेतृत्वको प्रश्नलाई संश्लेषण गर्नुपर्छ : केसी

प्रकाशित मिति :  29 October, 2021 6:11 pm


रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं माओवादी केन्द्र लुम्बिनी प्रदेशका सह–इन्चार्ज कुलप्रसाद केसीले आगामी महाधिवेशनबाट विचार र नेतृत्वको प्रश्नलाई संश्लेषण गर्नुपर्ने बताएका छन् ।

माओवादी केन्द्र रुपन्देही जिल्ला समन्वय समितिले गरेको राजनैतिक प्रशिक्षण प्रशिक्षण कार्यक्रममा बोल्दै केसीले माओवादी आन्दोलनलाई विकास गर्न हालको नेतृत्वले अझै मेहनत गर्नुपर्ने उल्लेख गर्दै आगामी महाधिवेशनमा विचार र नेतृत्वको सवालमा व्यापक छलफल गरी अगाडि बढ्नुपर्नेमा जोड दिए ।

माओवादी आन्दोनलाई प्रतिगामीहरूले घेराबन्दी गरिरहेको भन्दै अब माओवादी घटकहरू एक हुने नेता केसीको जोड थियो ।
नेपालको परिवर्तन माओवादी जनयुद्धकै जगमा भएको बताउँदै उपलब्धी रक्षाका लागि पनि माओवादी आन्दोलनलाई एकीकृत गर्नुपर्ने नेता केसीको भनाई थियो ।

मुख्यमन्त्री केसीले माओवादीहरूले विगतको युद्धका रणनैतिक उद्देश्यलाई पूर्ति गरी आम जनतालाई समाजवाद उन्मुख गनुपर्नेमा पनि जोड दिए ।

माओवादी केन्द्रको महाविधेशन नजिकिँदै गर्दा केसीले नेतृत्व र विचारबारे आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस !