४ आश्विन २०८१, शुक्रबार

पीडित धान किसानलाई क्षतिपूर्तिकाे माग गर्दै चाँगुनारायण नगरपालिकामा ज्ञापनपत्र

प्रकाशित मिति :  29 October, 2021 7:02 pm


काठमाडौं । राष्ट्रिय कृषक समूह महासंघ नेपाल, बागमती प्रदेश समितिले भक्तपुर चाँगुनारायणका धानमा दाना नगाग्नेका कारण पीडित किसानलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गरेकाे छ । महासंघले चाँगुनारायण नगरपालिकामा शुक्रबार ज्ञापनपत्र बुझाएकाे छ ।

वर्षेनी देखिन थालेकाे बिउजन्य समस्याका समाधानका लागि नीतिगत व्यवस्थाको लागि सरकारसँग माग गरेको छ । सरकारका तहगत संरचनाहरु परिचालन, अविलम्ब अनुगमन र क्षतिको यथार्थ विवरणको संकलन गर्न र कृषकको पेशागत सुरक्षा प्रत्यभूतिको वातावरण सिर्जना गर्नुपर्ने माग ज्ञापनपत्रमा छ ।

“काठमाडाैंको साँखुपालुवारी र भक्तपुरको कमलविनायक, च्यामासिंह जस्ता स्थानका विभिन्न एग्रोभेटहरुबाट कृषकहरुले धानको बिउ खरिद गरी चाँगुनारायण नगरपालिका वडा नं ६ का सेराफाँट, तौथली र गैरीगाउ फाँटमा लगाएको २०० रोपनी भन्दा बढी क्षेत्रफल कृषकहरुले लगाईएको डीवाइ २८ हाईब्रिड धानमा बाला निस्किएको तर दुध नपसी दाना लागेको अवस्था छैन । यसबाट कृषकहरुले लाखौं रुपैयाँको क्षति व्यहोर्न परेको छ,” विज्ञप्तीमा उल्लेख छ ।

नेपालमा आयातीत विउबाट कृषकहरु ठगिनु पर्ने नियति गएकाले नियामक निकायले ध्यान दिनु पर्ने महासंघका बागमती अध्यक्ष विजय लामाले बताए । तराई तथा भित्रि मधेशका लागि सिफारीस गरिएको डीवाइ  २८ धानको बिउ राेपेका चाँगुनारायण वडा नं. ६ का कृषकहरु धान काट्ने समयमा दाना नलागेकाे पाइएपछि विचल्लीमा परेका छन् ।

 



प्रतिक्रिया दिनुहोस !