६ आश्विन २०८१, आइतबार

सुडानमा वेस्टर्न युनियनको कारोबार बन्द

प्रकाशित मिति :  29 October, 2021 7:29 pm


काठमाडौं । वेस्टर्न युनियनले सुडानमा आफ्नो सेवा स्थगित गरेको छ ।

सुडानमा सेनाले सत्ता कब्जा गरेपछि त्यसप्रति प्रतिक्रिया जनाउँदै वेस्टर्न युनियनले सुडानको कारोबार स्थगित गरेको जनाएको छ ।

सुडानमा भएको सैनिक सत्ता कब्जाको विरोधमाा भएका प्रदर्शनका क्रममा सेना र प्रदर्शनकारी बीचको भिडन्तमा कम्तीमा एघारको मृत्यु भइसकेको विषयमा चिन्ता व्यक्त गर्दै वेस्टर्न युनियनले सुडानको स्थितिलाई पर्यवेक्षण गरी यो निर्णय गरेको जनाएको छ ।

कारोबार फेरि सुरु गर्ने वातावरण बने कारोबार सुरु गर्ने जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !