३ आश्विन २०८१, बिहिबार

अखिल क्रान्तिकारीका केन्द्रीय कोषाध्यक्ष नरेन्द्र बिक पक्राउ

प्रकाशित मिति :  17 February, 2020 6:10 pm


काठमाडौं, ५ फागुन। विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारीका केन्द्रीय कोषाध्यक्ष नरेन्द्र बिक पक्राउ परेका छन् ।

नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ छोरा समेत रहेका बिकलाई काठमाडौंको नयाँ वानेश्वरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई महानगरीय अपराध महाशाखाको टोलीले सोमबार दिउँसो पक्राउ गरेको हो ।

उनीसँगै केन्द्रीय सदस्य प्रकाश विकलाई पनि पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !