६ आश्विन २०८१, आइतबार

अफगानिस्तानको विवाह समारोहमा गरिएको आक्रमणमा कम्ती दुईको मृत्यु

प्रकाशित मिति :  31 October, 2021 1:03 pm


काठमाडौं । तालिबान दाबी गर्ने बन्दुकधारीहरूले अफगानस्तिानको एक विवाह समारोहमा आक्रमण गर्दा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने १० अन्य घाइते भएका छन् ।

एक तालिबानी प्रवक्ताले तीन मध्ये दुई आक्रमणकारी बन्दुकधारीलाई पक्राउ गरेकाो बताएका छन् । उनीहरूले इश्लामिक आन्दोलनको पक्षमा यस्तो गरेको कुरोलाई अस्वीकार गरेका छन् ।

तालिबानले सन् १९९६देखि २००१सम्म तालिबानले शासन गर्दा म्युजिक म्युजिक बन्द गरिएको थियो ।

नयाँ तालिबानी अधिकारीहरूले म्युजिक प्रतिबन्धजस्तो कुनै घोषणा भने गरेको छैन् । नानगारहर प्रान्तको सुर्ख रोड जिल्लामा एक संयुक्त विवाह समारोहमा चार जोडीको विवाह शुक्रबार भएको थियो ।

उनीहरूले स्थानीय तालिबानी नेतासँग म्युजिक बजाउने अनुमति लिएका थिए । तर अबेर राति बन्दुकधारीहरूले लाउडस्पिकर बन्द गराउन आएका थिए ।

अतिथिहरूले त्यसको प्रतिकार गर्दा बन्दुकधारीहरूले गोली चलाएका थिए । तालिबान प्रवक्ता जबिहुल्ला मुजाहिदले यो वारदात अनुसन्धान अन्तर्गत रहेको बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !