६ आश्विन २०८१, आइतबार

मुख्यभूमिसँगको एकीकरण बाहेक ताइवानको अन्य भविष्य नहुने चिनियाँ विदेशमन्त्रीको चेतावनी

प्रकाशित मिति :  31 October, 2021 1:38 pm


काठमाडौं । चीनको मुख्यभूमिसँगको एकीकरण बाहेक ताइवानको अन्य भविष्य नहुने चिनियाँ विदेशमन्त्री वाङ यीले भविष्य छन् ।

ताइवानको अन्तर्राष्ट्रिय स्तरमा कुनै वैधानिक पहिचान नभएको र यो मुख्यभूमिको हिस्सा भएको जनाउँदै वाङले यस्तो बताएका हुन् ।

संयुक्त राष्ट्रसंघमा ताइवानको अर्थपूर्ण सहभागिता हुनुपर्ने अमेरिकाले आह्वान गरिरहेका बेलाले वाङले यस्तो चेतावानी दिएको ग्लोबल टाइम्सले जनाएको छ ।

अमेरिका र अन्य केही देशहरूले एक चीन सिद्धान्तको ५० वर्ष अघि रोक्न सकेका थिएनन् । २१ शताब्दीमा पनि उनीहरूले सफलता पाउन नसक्ने उनले जनाए ।

उनीहरूले यस्तो गरे त्यसको ठूलो मूल्य चुकाउनुपर्ने विदेशमन्त्री वाङले रोम यस्तो चेतावनी सार्वजनिक गरे ।
अमेरिका र अन्य केही देशहरूले ताइवानको सवालमा केही ब्रेकथ्रु गर्ने प्रयासमा लागेका छन् ।



प्रतिक्रिया दिनुहोस !