सिद्धार्थ बैंकको खुद मुनाफा ८९ प्रतिशतले बढ्यो
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा बैंकको खुद मुनाफामा उछाल आएको छ । बैंकले आज प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार समिक्षा अवधीमा बैंकको मुनाफा ८९.५० प्रतिशतले बढेको हो ।
उक्त विवरण अनुसार समिक्षा अवधिसम्म आइपुग्दा बैंकले ९४ करोड ८७ लाख ३१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ८९.५० प्रतिशतले बढि हो । गत वर्षको यही अवधिमा बैंकले ५० करोड ६ लाख ४० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
गत वर्षको यही अवधिमा बैंकको सञ्चालन मुनाफा ७२ करोड ४२ लाख ८२ हजार रूपैयाँ रहेको थियो भने यस वर्ष ८७.२७ प्रतिशतले बढेर १ अर्ब ३५ करोड ६३ लाख रुपैयाँ पुगेको छ ।
त्यसैगरी, पहिलो त्रैमाससम्म आइपुग्दा बैंकको खुद व्याज आम्दानी पनि ३०.२५ प्रतिशतले बढेर १ अर्ब ७५ करोड २ लाख रुपैयाँ पुगेको छ ।
त्यस्तै, बैंकको चुक्ता पुँजी १० अर्ब ९६ करोड रुपैयाँ र जगेडा कोषमा ९ अर्ब ६६ करोड रुपैयाँ रहेको छ ।
समिक्षा अवधिमा बैंकको बार्षिकृत प्रतिसेयर आम्दानी (ईपीएस) ३४ रुपैयाँ ६२ पैसा र प्रतिसेयर नेटवर्थ १८८ रुपैयाँ १३ पैसा रहेको छ भने सोही अवधिमा मूल्य आम्दानी रेसिया (पिई रेसियो) १३.६६ गुणा रहेको छ ।