१४ मंसिर २०८१, शुक्रबार

नेप्सेमा ५५ अंकको वृद्धि, ६ वटा कम्पनीको मूल्यमा सकरात्मक सर्किट

प्रकाशित मिति :  31 October, 2021 3:23 pm


अघिल्लो साता कारोबारको पाँचै दिन बढेको नेप्से आज साताको कारोबारको पहिलो दिन पनि उकालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सेयर मापक सुचक नेप्से परिसूचक आइतबार ५५.५० अंकले बढेको छ ।

आइतबार नेप्से परिसूचक ५५.५० अंकले बढेर २८३७.६२ अंकमा पुगेको छ । त्यस्तै राम्रा र बलिया कम्पनीको सूचक नेप्से परिसूचक पनि ९.४६ अंकले बढेर ५३०.४६ अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुह मध्ये १२ वटा उपसमुह बढेका छन् भने बैंकिङ उपसमुह घटेको छ ।

आज नेप्सेमा ६ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ भने ५ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतले बढेर सकरात्मक सर्किट लेबलमा कारोबार भएको छ ।

आइतबार नेप्सेमा कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत् कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीको ३१ करोड५७ लाख १५ हजार २ सय ७२ रुपैयाँको कारोबार भएको छ ।

नेप्सेका अनुसार आज कुल २३२ वटा कम्पनीको १ करोड ३८ लाख ९९ हजार ३ सय २२ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ८२ करोड ३२ लाख २६ हजार ४ सय ९२ रुपयाँ बराबरको कारोबार भएको छ ।



प्रतिक्रिया दिनुहोस !