६ आश्विन २०८१, आइतबार

ओकस परमाणु सम्झौताबारे अमेरिकी राष्ट्रपति र अस्ट्रेलिया प्रधानमन्त्री मोरिसनको बोली बाझियो

प्रकाशित मिति :  31 October, 2021 3:48 pm


काठमाडौं । ओकस सम्झौतामा अमेरिक राष्ट्रपति जो बाइडन र अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले दिएको अभिव्यक्ति बाझिएको छ ।

चीनलाई घेरा हाल्ने रणनीति अन्तर्गत फ्रान्सलाई अलग गरेर अमेरिकाले बेलायतसँग मिलेर अष्ट्रेलियासँग मिलेर ओकस सम्झौता गरेको थियो ।

अमेरिकी राष्ट्रपति जो बाइडन र अस्ट्रेलिया प्रधानमन्त्री स्कट मोरिसले ओकस बारे दिएको अभिव्यक्ति बाझिन पुगेको हो ।

क्यानबेराले वासिंटनलाई फ्रान्ससँग परमाणु पनडुब्बी सम्झौताबारे जानकारी गराइसकिएको अस्ट्रेलियाली प्रधानमन्त्री माोरिसनले जनाएका छन् ।

अमेरिकी राष्ट्रपति बाइडनले मोरिसन बोल्न अघि ओकस सम्झौता हुन अघि फ्रान्सलाई यसबारे जानकारी रहेको सोचेको बताएका थिए । ओकस सम्झौतालाई फ्रान्सले आफ्नो पिठ्युमा छुरा रोपेको भनी टिप्पणी गरेको थियो ।

सेप्टेम्बरमा ओकस सम्झौता हुँदा फ्रान्सलाई कुनै जानकारी नदिइ अमेरिकाले यो सम्झौता गर्न लगाएको थियो ।

यो सम्झौताले फ्रान्ससँग गरेको ९० अर्ब अमेरिकी डलर बराबरको परमाणु पनडुब्बी बनाउने सम्झौतालाई खारेज गर्ने समाचार सार्वजनिक भएपछि आश्चर्यचकितरूपमा फ्रान्सको यो टिप्पणी सार्वजनिक भएको थियो ।

फ्रान्सले वासिंटन र क्यानबेराबाट आफ्ना राजदूतहरूलाई फिर्ता बोलायो र उनीहरू फर्किसकेका छन् ।

रोममा प्रधानमन्त्री मोरिसनले फ्रान्स सरकारसँग परमाणु पनडुब्बीका बारेमा अमेरिकी प्रशासनलाई सम्पूर्ण अपडेट गराइसकिएको बताए ।

अमेरिकी राष्ट्रपति बाइडनले फ्रान्सेली राष्ट्रपति इम्मानुएल म्याक्रोनलाई आफूलाई परमाणु सम्झौताको सबै जानकारी अस्ट्रेलियाले सम्झौता गर्न अघि नजाएको बताएको थिए ।



प्रतिक्रिया दिनुहोस !