६ आश्विन २०८१, आइतबार

अमेरिकी तालिम प्राप्त पूर्व अफगानी सेना र जासुस आईएसआईएसमा सहभागी हुँदै

प्रकाशित मिति :  1 November, 2021 2:22 pm


काठमाडौं । लामो समयदेखि तालिबानले आईएसआईएसलाई अमेरिकाले धन सहयोग गरिरहेको आरोप अहिले अप्रत्यक्षरूपमा सही हुन पुगेको छ ।

तालिबान विरूद्ध लडाइँ लड्न अमेरिकाले तालिम दिएका अफगानी सेना र गुप्तचर अधिकारीहरू आईएसआईएसमा प्रवेश गर्न लागेका छन् ।
अमेरिकाले अफगानिस्तानको सेनालाई ८८ अर्ब अमेरिकी डलरको सहयोग अफगानिस्तानको सेना बनाउन र तालिम दिनमात्र खर्च ग¥यो ।

गत अगस्टमा तालिबानले राजधानी काबुल बिजुलीको गतिले कब्जा गर्दा अफगानिस्तानी सेना पलायन गर्दै गयो ।

तालिबानले आफू विरूद्ध लडेका अफगानी सेनाहरूलाई माफी दिने प्रतिबद्धता व्यक्त गरेपनि हिंसात्मक घटना भइरहेको देखिएको द वाल स्ट्रिट जरनलले जनाएको छ ।

जरनलका अनुसार सापेक्षिकरूपमा पूर्व अफगानी सेना तथा जासुसहरूको एक सानो समूह आतंकवादी समूह इश्लामिक स्टेटमा प्रवेश गरिरहेको छ । अफगानिस्तानको आईएस केले अमेरिकी तालिम प्राप्तहरूलाई लिन थालेको छ ।

पूर्व अफगानी सेनाका केही मानिसहरू तलबका लागि आईएसमा सहभागी हुन थालेको एक पूर्व अधिकारीले जनाएको वाल स्ट्रिटले उल्लेख गरेको छ ।

पूर्व गुप्तचर प्रमुख रहमातुल्ला नबिलले आईएसआईएस मात्र अहिले अन्य सशस्त्र समूह भएकोले उनीहरू सहभागी भएको बताए । आईएसके र तालिबान दुवै इश्लामिक चरपन्थी समूह हुन तर वैचारिकरूपमा तिनीहरू फरक छन् ।

तालिबान पञ्जाबी राष्ट्रवादी संगठनको प्रभावमा रहेको छ र यो समूह अफगानिस्तान सीमा बाहिर आफ्नो लक्ष्य राखेको छैन् । यसको विपरति आईएस केले विश्वव्यापी इश्लामिक प्रभुत्व कायम गर्ने उद्देश्य लिएका छन् ।इश्लामिक स्टेट इराक र सिरियामा केही वर्ष अघि स्थापना भएको थियो ।

तालिबानले काबुल कब्जा लिएपछि आईएसकेले तालिबान विरूद्ध दबाब कायम गर्न बिस्फोटन गराएको थियो । करिब दुई अफगानी र १३ अमेरिकी सेनाको मृत्यु भएको थियो । अमेरिकी सेनाका लागि सन् २०११ यता सर्वाधिक प्राणघाती आक्रमण बनेको थियो ।
अमेरिकाको सुरक्षा संस्थापन पक्षले आईएसआईएसकेको खतरा बढ्ने चिन्ता व्यक्त गरेको छ ।



प्रतिक्रिया दिनुहोस !