६ आश्विन २०८१, आइतबार

अस्ट्रेलियमा लकडाउन पछि परिवारजनको पहिलो भावुक पुनर्मिलन

प्रकाशित मिति :  1 November, 2021 2:53 pm


काठमाडौं ।अस्ट्रेलियाको सीमाबाट लडकडाउनको निषेधाज्ञा हटाएपछि परिवारजनसँगको पहिलो भेट भावुक पुनर्मिलनको रूपमा देखिन पुगेको छ ।

सिडनी र मेलर्बन हवाई अड्डामा आफन्तसँग लकडाउन पछि पहिलो पटक भेट्दा रसाएका आँखा थामिन नसक्ने दृश्य देखिएको हो ।
अस्ट्रेलियाले १८ महिना अघि अन्तर्राष्ट्रिय सीमा बन्द गरेको थियो । अस्ट्रेलियाली र विदेशी दुवैको अस्ट्रेलिया प्रवेशमा रोक लगाइएको थियो ।

यसले गर्दा अस्ट्रेलियालीहरू परिवारजनसँग छुट्टिन पुगेका थिए ।

त्यसयता सोमबार बिहान सिङ्गापुर र लस एन्जेल्सबाट अस्ट्रेलियालीहरूले सिड्नी विमानस्थलमा पहिलो पटक ओर्लेकाहरूले परिवारजनसँग मिल्दा आँखाका आँसु थाम्न सकेनन् । १६ वर्ष र सो भन्दा माथिका अस्ट्रेलियामा ७७ प्रतिशतले दुवै खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पुनर्मिलन गर्ने बेला अंकमाल गरी कराएकाहरूमा कतिपयले परिवारसँग तीन वर्ष र सो भन्दा लामो समय पछि भेटन पाएका थिए ।
सीमा खुला भएका दिन सिड्नी र मेलबर्न विमानस्थलमा करिब डेढ हजार यात्रु आउने अपेक्षा गरिएको छ ।

 

 



प्रतिक्रिया दिनुहोस !