१४ मंसिर २०८१, शुक्रबार

साताको दोस्रो दिन नेप्सेमा करेक्सन, कारोबार रकम ७ अर्ब माथि

प्रकाशित मिति :  1 November, 2021 3:54 pm


काठमाडौं । अघिल्लो सातादेखि निरन्तर उकालो लागेको सेयर बजारमा साताको कारोबारको दोस्रो दिन आज ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (सोमबार) सेयर कारोबार मापक नेप्से परिसूचक १७.७५ अंकले घटेर २८१९.८६ अंकमा झरेको छ भने राम्रा र बलिया सेन्सेटिभ परिसूचक पनि १.८८ अंकले घटेर ५२८.५८ अंकमा झरेको छ ।

नेप्सेमा कारोबार भए कूल १३ उपसमूहमध्ये आज ३ वटा उपसमूहको सेयर बढेको छ भने बाँकी १० वटा उपसमूहको सेयर घटेको छ ।

आज सबैभन्दा धेरै हाइड्रो समुह ३.३३ प्रतिशतले घटेको छ भने सबैभन्दा धेरै इन्भेष्टमेन्ट समुह ०.३७ प्रतिशतले बढेको छ ।

सोमबार नेप्सेमा कारोबार रकमका आधारमा महालक्ष्मी विकास बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । बैंकको ३६ करोड ५८ लाख ७१ हजार रूपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै आज मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ भने कामना सेवा विकास बैंक लिमिटेडका लगानीकर्ताहरूले सबैभन्दा धेरै गुमाएका छन् । बैंकको सेयर मूल्य ६.७२ प्रतिशतले घटेको छ ।

कूल २२६ वटा कम्पनीको एक करोड ३४ लाख ३ हजार ३ सय १२ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ७७ करोड ७५ लाख १० हजार ७ सय ७८ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !