कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले आज राजिनामा दिँदै
प्रकाशित मिति : 1 November, 2021 5:21 pm
काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज राजिनामा दिने तयारी गरेका छन् । नेपाली कांग्रसले निरन्तर दबाब दिएपछि मुख्यमन्त्री शाही राजिनामा गर्ने तयारीमा लागेका हुन् ।
गत बैशाखमा माओवादी र कांग्रेसबीच ६ महिनामा सत्ता हस्तान्तरण गर्ने सहमति भएसँगै मुख्य मन्त्री शाहीलाई कांग्रेसले राजिनामा दिन दबाब दिइरहेको थियो । “शाहीले राजिनामा दिनुपर्ने नभए कांग्रेसले सरकारबाट समर्थन फिर्ता लिनै भन्दै चेतावनी दिएपछि मुख्यमन्त्रीले राजिनामा दिने तयारी गर्नुभएको हो” माओवादी केन्द्रका एक नेताले बताए ।
कर्णाली प्रदेश सरकारकी प्रवक्ता सीताकुमारी नेपालीका अनुसार मुख्यमन्त्री शाहीले साँझ ५ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । सो बैठकबाट शाहीले राजीनामा दिने बताइएको छ ।