मनकामना स्मार्ट लघुवित्तले सेयरधनीलाई १७ प्रतिशत बोनस सेयर दिने
काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको संचित मुनाफाबाट आफ्ना सेयरधनीलाई लाभांश दिने घोषणा गरेको हो ।
कम्पनीको आज मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका सेयरधनीहरूलाई चुक्ता पूँजीको १७ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो ।
साविक मनकामना लघवित्त वित्तीय संस्था लि. र साविक स्मार्ट लघवित्त वित्तीय संस्था लि बीच गाभ्ने/गाभिने (मर्जर) कार्य सम्पन्न भै मिति २०७७ भदौ ११ देखि एकीकृत वित्तीय कारोबार शुभारम्भ भएको हुँदा आयकर ऐन २०५८ को दफा दफा ४७ (क) उपदफा ५ मा भएको ब्यवस्था बमोजिम घोषित बोनश शेयरमा लाभांश कर छुटको व्यवस्था भएकाले कर प्रयोजनका लागि नगद लाभांश नछुट्याइएको कम्पनीले जनाएको छ ।
समितिले प्रस्ताव गरेको उक्त लाभांश राष्ट्र बैंकबाट स्विकृत भई र संस्थाको आगामी साधारण सभाबाट पारित भएपश्चात मात्रै सेयरधनीलाई वितरण गरिने जनाइएको छ ।