११ मंसिर २०८१, मंगलबार

कम सुत्ने महिलामा महिनाबारी अनियमित र भारी रक्तस्रावको समस्या बढी हुने

प्रकाशित मिति :  2 November, 2021 12:38 pm


काठमाडौं । महिनाबारीको अवस्थामा रहेकी महिलाले ६ घन्टा भन्दा कम सुते तिनीहरूमा अनियमित महिनाबारी र धेरै रक्तस्रावको समस्या हुने हालै सार्वजनिक भएको अध्ययनबाट थाहा भएको छ ।

यो अध्ययन स्लिप रिसर्च जरनलमा प्रकाशित भएको हो ।

७ देखि ९ घन्टासम्म महिनाबारीको बेला सुत्ने महिलाहरूको तुलनामा ६ घन्टा भन्दा कम सुत्ने महिलामा धेरै समस्या रहेको पाइएको छ ।

६घन्टा भन्दा कम सुत्ने महिलाहरू मध्ये ४४ प्रतिशतमा अनियमित महिनाबारीको समस्या देखियो भने ७० प्रतिशत महिलामा धेरै रक्तस्रावको समस्या देखिएको अध्ययन प्रतिवेदनले जनाएको छ ।

यो अध्ययन २४ देखि ४० वर्ष उमेर समूहका ५७४ महिलाहरू माझ गरिएको थियो ।

अनियमित महिनाबारी तथा बढी रक्तस्राव हुने महिलामा थोरै सुत्ने, कमसल निद्रा, थकान तथा निराशाका समस्याहरू पाइएको थियो ।

निद्रा नहुने अवस्थामा महिलाहरूमा पुरुषको भन्दा चालीस प्रतिशत बढी मानसिक रोग इन्सोमनिया हुने सम्भावना रहन्छ ।



प्रतिक्रिया दिनुहोस !