१४ मंसिर २०८१, शुक्रबार

नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अमुताइरीले गरे सम्झौता पत्रमा हस्ताक्षर

प्रकाशित मिति :  2 November, 2021 1:50 pm


काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । उनले फुटबल टिमको मुख्य प्रशिक्षकमा ३ वर्षे कार्यकालको लागि सम्झौता गरेको नेपाल खेलकुद् परिषद्ले बताएको छ ।

माल्दिभ्समा भएको साफ च्याम्पियनसिपको फाइनल खेल्नुअघि अम्मुताइरीले नेपाल छाड्ने घोषणा गरेका थिए । तर अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पा  र कतार फुटबल एशोसिएसनसँग भएको छलफलपछि मुख्य प्रशिक्षक अम्मुताइरी नयाँ सम्झौताका लागि सहमत भएका हुन् ।

अब उनी सन् २०२४ सम्म राष्ट्रिय टिमको मुख्य प्रशिक्षक रहनेछन् ।



प्रतिक्रिया दिनुहोस !