६ आश्विन २०८१, आइतबार

बेलायतमा पछिल्लो २४ घन्टामा ४० हजार भन्दा बढी सङ्क्रमित

प्रकाशित मिति :  2 November, 2021 2:46 pm


बेलायत । बेलायतमा गएको पछिल्लो २४ घण्टामा ४० हजार ७७ जना कोरोना भाइरसका सङक्रमित भेटिएका छन् ।

यो समेतगरी यहाँ भाइरसका सङ्क्रमितको संख्या ९० लाख ९७ हजार पुगेको छ । गएको २४ घन्टामा यहाँ कोरोनाबाट ४० जनाको मृत्यु भएको छ । यो समेतगरी यहाँ कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ४० हजार ६७२ पुगेको छ ।

यहाँका स्वास्थ्य अधिकारीहरुले यतिखेर यस भाइरसबाट सङ्क्रमितहरु कम्तीमा पनि ९ हजार जना अस्पतालमा रहेका बताएका छन् । बेलायतमा पछिल्ला केही हप्तायता कोरोना भाइरसका सङ्क्रमितहरु बढ्दै गएको पाइएको बताइएको छ । रासस÷सिन्ह्वा



प्रतिक्रिया दिनुहोस !