९ माघ २०८१, बुधबार

एमालेले गुमायो प्रदेशका सबै मुख्यमन्त्री,प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त

प्रकाशित मिति :  2 November, 2021 3:09 pm


काठमाडौं । प्रदेश नम्बर १ मा नेकपा एकीकृत समाजवादी पार्टीका नेता राजेन्द्र राई मुख्यमन्त्री नियुक्त भएका छन् ।

प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आज संविधानको धाारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा राईलाई नियुक्त गरेका हुन् ।

नेकपा (एमाले) का नेता भीम आचार्यले हिजो मुख्यमन्त्रीबाट राजीनामा दिएपछि प्रदेश प्रमुख प्यासीले अर्को सरकारका लागि आज दिउँसो १ बजेसम्म दावी पेश गर्न आह्वान गरेका थिए ।

राईले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीका गरी ४९ सांसदको हस्ताक्षरसहित बहुमतको मुख्यमन्त्रीका लागि हिजै दाबी पेश गरेका थिए ।

केही समयअघि मात्रै बागमती प्रदेशमा नेतृत्व गुमाएको एमालेले प्रदेश १ मा पनि नेतृत्व गुमाएको छ । यसअघि नै ल्ुम्बिनी र गण्डकी प्रदेशबाटपनि एमालेले सरकारको नेतृत्व गुमाएको छ ।

नेकपा एमाले विभाजन भएर बनेको एकीकृत समाजवादीले दुई प्रदेशको नेतृत्व पाएकोछ । एमालेले भने केन्द्र र प्रदेशका सबै नेतृत्व गुमाएको छ ।



प्रतिक्रिया दिनुहोस !