६ आश्विन २०८१, आइतबार

विश्व खाद्य कार्यक्रमले भोकमरी हटाउने बाटो दिए अर्बपति मस्कले ६अर्ब डलर दान दिन तयार

प्रकाशित मिति :  2 November, 2021 4:28 pm


काठमाडौं । विश्वको एक नम्बर अर्बपति एलन मस्कले विश्वको भोकमरी समस्या समाधान गर्ने बाटो देखाए संयुक्त राष्ट्रसंघीय खाद्य नियोगलाई ६ अर्ब अमेरिकी डलर बराबरको रकम दान दिने प्रस्ताव गरेका छन् ।

राष्ट्रसंघीय नियोग विश्व खाद्य कार्यक्रमका कार्यकारी निर्देशक डेभिड बिस्लीले टेस्लाका मस्क, अमेजनका संस्थापक जेफ बेजोस र अन्य अर्बपतिहरूलाई गत साता सीएनएनलाई दिएको अन्तर्वार्तामा चुनौती दिएका थिए ।

एक समयको आधारमा भोकमरी समाप्त पार्न उनीहरूलाई कदम चाल्न सार्वजनिक उनको चुनौती पछि मस्कको यो अभिव्यक्ति सार्वजनिक भएको हो ।

बिस्लीले ६ अर्ब अमेरिकी डलर दिए ६ करोड २० लाख मानिसलाई भोकमरीबाट मर्न जोगाउन सकिने बताएका थिए । यो धेरै ठूलो कुरो नभएको बताउँदै मस्क जस्ताका लाागि कुल सम्पत्तिको २ प्रतिशत जति रकम भएकाो बताएका थिए । फोब्र्सको आधारमा मस्कको सम्पत्ति ३ सय अर्ब बराबर रहेको छ ।

स्पेस एक्सका संस्थापक मस्कले बिस्लीको चुनौती पछि विश्व खाद्य कार्यक्रमले भोकमरी समाधानको बाटो देखाए आफूले ६ अर्ब अमेरिकी डलर दिन तयार रहेको ट्वीट गरेका छन् । मस्कले यसका लागि आफूले टेस्लाका सेयर तत्काल बेचेर सो रकम दिन तयार रहेको उल्लेख गरेका छन् । यो रकमको कार्य विधि पारदर्शी हुनेपर्ने पनि जनाएका छन् ।

सन् २०२०मा यो नियोगले ८.४ अर्ब अमेरिकी डलर बराबरको रकम दान प्राप्त गरेको थियो । नियोगले आफूलाई ५अर्ब ३० करोड अमेरिकी डलर बराबरको रकम कम परेको जनाएको छ ।  यो नियोगलाई दान दिने उच्च दाताहरूमा अमेरिका, जर्मनी र बेलायत रहेका छन् ।

बिस्लीले मस्कको ट्वीटरको जवाफमा ६ अर्ब अमेरिकी डलरले विश्वको भोकमरी समाधान नहुने तर यसले भूराजनीतिक स्थिरतालाई रोक्ने , आम आप्रावसनलाई रोक्नका साथै भोकमरीको संघारमा पुगेका ४ करोड २० लाख मानिसलाई त्यहाँबाट सुरक्षित गर्ने उल्लेख गरेका छन् ।

 



प्रतिक्रिया दिनुहोस !