६ आश्विन २०८१, आइतबार

तालिबानले अफगानिस्तानमा विदेशी मुद्राको प्रयोगमा लगायो प्रतिबन्ध

प्रकाशित मिति :  3 November, 2021 11:40 am


काठमाडौं । तालिबान सरकारले अफगानिस्तानमा विदेशी मुद्राको प्रयोगमा प्रतिबन्ध लगाएको छ ।

ध्वंस हुने संघारमा पुगेको अर्थतन्त्रलाई यसले थप समस्यामा पार्ने भएको बीबीसीले जनाएको छ ।

तालिबानले आर्थिक स्थिति तथा राष्ट्रिय हितका लागि सबै अफगानीलाई हरेक कारोबारका लागि अफगानी मुद्रा प्रयोग गर्न भनेको छ ।

तालिबानले राजधानी काबुल कब्जा गरेपछि अन्तर्राष्ट्रिय वित्तीय सहयोग बन्द गरेका काारण त्यहाँको अर्थतन्त्र समस्या सामना गरिरहेको छ ।

अफगानिस्तानमा अमेरिकी मुद्रा डलर व्यापकरूपमा प्रयोग भइआएको छ ।

पाकिस्तानलगायतको अफगानी सीमा क्षेत्रको बजारमा अमेरिकी डलरको प्रयोग व्यापक भइरहेको छ ।

तालिबानका प्रवक्ता जबिहुल्लाह मजाहिदले अनलाइनमा एक विज्ञप्ति जारी गरी भनेका छन् “ इश्लामिक इमिरेट्सले सबै नागरिक, पसले, व्यापारी, उद्योगी तथा सर्वसाधारणलाई विदेशी मुद्राको प्रयोग रोकेर अफगानिस्तानी मुद्रामा लेनदेनको कारोबार गर्न निर्देश दिएको छ । यो निर्देशनको उल्लंघन गर्नेलाई कानुन कारबाहीको सामना गर्नुपर्नेछ ।”



प्रतिक्रिया दिनुहोस !