नबिल बैंकले गर्यो हाल सम्मकै उच्च लाभांश घोषणा
प्रकाशित मिति : 3 November, 2021 1:32 pm
काठमाडौं । नबिल बैंक लिमिटेडले बैंकहरु मध्ये हाल सम्मकै उच्च लाभांश घोषणा गरेको छ । गत वर्षको संचित मुनाफाबाट बैंकले आफ्ना सेयरधनीहरुलाई ३८ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
बैंकको हिजो कार्तिक १६ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको ३३.६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ४.४ प्रतिशत नगद गरी कुल ३८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकको स्विकृत भई र बैंकको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ ।