९ माघ २०८१, बुधबार

एमाले महाधिवेशनमा विद्युतीय मतदान उपकरण प्रयोग गर्ने तयारी

प्रकाशित मिति :  3 November, 2021 1:32 pm


काठमाडौं ।नेकपा (एमाले)को १०औँ महाधिवेशनले विद्युतीय मतदान उपकरण प्रयोग गरी नयाँ पदाधिकारी चयन गर्ने भएको छ ।

मतदानका लागि एक सय विद्युतीय उपकरण प्रयोगमा ल्याइने तयारी गरिएको छ ।

महाधिवेशन मूल आयोजक समितिका सह–संयोजक एवं एमाले स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले विद्युतीय उपकरण मार्फत मतदान गर्ने तयारी गरिएको जानकारी दिएका छन् ।

यसबाट तीन घण्टाभित्रमा नतिजा आउने बताउँदै उनले भने “ मतदानपछि प्रिन्ट ग¥यो भने तीन घण्टा लाग्छ भनिएको छ । क्यू आर कोडबाट भयो भने त्यो भन्दा अघिनै नतिजा आउँछ ।”

विद्युतीय उपकरण जडान र व्यवस्थापनका विषयमा छलफल भइरहेको उनले बताए ।

सो पार्टीको केन्द्रीय समिति २२५ सदस्यीय छ । यसमध्ये १५ पदाधिकारी छन् । उनका अनुसार अध्यक्ष एक, वरिष्ठ उपाध्यक्ष एक , उपाध्यक्ष चार , महासचिव एक , उपमहासचिव एक र सात सचिव रहने व्यवस्था छ ।

महाधिवेशनमा अहिले सम्मका अवस्थामा दुई हजार प्रतिनिधि सहभागी हुने जनाइएको छ ।

महाधिवेशनको उद्घाटन सत्र नारायणी नदी किनार र बन्द सत्र सौराहाको बाघमारा चौरमा गर्ने तयारी गरिएको छ । महाधिवेशनमा पाँच लाख नेता कार्यकर्ता उद्घाटन सत्रमा सहभागी हुने पार्टीले जनएको छ ।

सौराहामा करिब तीन हजार ५०० जनालाई बस्ने व्यवस्था मिलाइने भनाइ छ । बुटवलमा हुने भनिएको महाधिवेशन अन्तिम समयमा यहाँ सारिएको हो ।

महाधिवेशन आगामी मंसिर १० गते देखि १२ गते सम्म हुँदै छ ।

 



प्रतिक्रिया दिनुहोस !