नेप्सेमा सवा ७ लाख कित्ता सेयर थपियो
प्रकाशित मिति : 3 November, 2021 2:37 pm
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) सवा ७ लाख बढी कित्ता सेयर थपिएको छ । नेप्सेमा सिनर्जी पावर डेभलपमेन्ट कम्पनीको बोनस सेयर सूचीकृत भएको हो । यो कम्पनीको कुल ७ लाख ३३ हजार २५० कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
सिनर्जी पावरले गत आर्थिक वर्ष २०७७/७८ का लागि सेयरधनीहरुलाई कुल १०.५२ प्रतिशत लाभांश वितरण गरेको थियो। जसमा १० प्रतिशत बोनस सेयर र बाँकी ०.५२ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेका थिए।