६ आश्विन २०८१, आइतबार

टिकटकका माउ कम्पनी बाइटडान्सका अध्यक्षद्वारा पदबाट राजीनामा

प्रकाशित मिति :  3 November, 2021 3:26 pm


काठमाडौं । टिकटकका माउ कम्पनी बाइटडान्सका संस्थापक यिमिङ झाङले अध्यक्ष पदबाट राजीनामा दिएका छन् ।

झाङको जिम्मेवारी रुबो लिआङले लिने भएका छन् उनी हाल बाइटडान्सका प्रमुख कार्यकारी हुन् ।

यसअघि यो वर्ष झाङले सीईओको पदबाट राजीनामा दिने घोषणा गएका थिए ।

उनले दैनिकरूपमा गर्नुपर्ने कार्यभारबाट हट्ने योजना अनुसार सीईओको पदबाट राजीनामा दिने घोषणा गरेका थिए ।

बाइटडान्सका संस्थापक उनका मित्र लिआङले सो जिम्मेवारी लिने भएका छन् । झाङले सन् २०२१को अन्त्यसम्म आफ्नो पदबाट हटने जनाएका थिए ।

बाइटडान्सले यसबारे टिप्पणी गर्न नमानेको समाचारमा उल्लेख गरिएको छ ।

 



प्रतिक्रिया दिनुहोस !