नेप्से ५ अंकले बढ्दा कारोबारको आधारमा नबिल बैंक अग्रस्थानमा
काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज नेप्से सामान्य अंकले बढेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक ५.२२ अंकले बढेर २८४८.८४ अंकमा पुगेको छ । सेन्सेटिभ परिसूचक भने ०.५२ अंकले घटेर ५३०.८९ अंकमा पुगेको छ ।
स्टकका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये ५ वटा उपसमूहको सेयर घटेको छ भने बाँकी ८ वटा उपसमूहको सेयर बढेको छ ।
आज कारोबार रकमका आधारमा नबिल बैंक लिमिटड सर्वाधिक अग्रस्थानमा रहेको छ । बैंकको १ अर्ब १७ करोड ९७ लाख ८६ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।
यसैगरी, आज महालक्ष्मी विकास बैंक लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । बैंकको सेयरमूल्य १० प्रतिशतले बढेको छ । यस्तै, साहास उर्जा कम्पनी लिमिटेड र आईसीएफसी फाइनान्स कमपनी लिमिटेडको सेयरमूल्य ९.९९ प्रतिशतले बढेर सकरात्मक सकिर्ट लेबलमा कारोबार भएको छ ।
यस दिन छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ । कम्पनीको सेयरमूल्य ५.५९ प्रतिशतले घटेर ४ सय ९० रूपैयाँमा झरेको हो ।
कूल २२९ वटा कम्पनीको ९९ लाख ९५ हजार ५ सय २२ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ५५ करोड ३० लाख ५९ हजार एक सय ५२ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।