६ आश्विन २०८१, आइतबार

रुसमा पछिल्लो २४ घन्टामा ३९ हजार भन्दा बढीमा सङ्क्रमण

प्रकाशित मिति :  8 November, 2021 3:49 pm


मस्को । रुसमा पछिल्लो २४ घन्टामा ३९ हजार जना भन्दा बढी नागरिकमा कोरोना भाइरसको सङ्क्रमण देखिएको यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जानकारी दिएका छन् । साथै यो अवधिमा यहाँ एक हजार १७९ जनाको ज्यान गएको छ । यो समेतगरी यहाँ करिब ८८ लाख मानिसमा यो संक्रमण देखिएको छ ।

त्यसैगरी यहाँ अहिलेसम्म २ लाख ४६ हजार ८१४ जनाको ज्यान गएको पाइएको छ । यहाँ कोरोना भाइरसबाट हुने मृत्युदर करिब २।८१ रहेको पनि समाचारमा जनाइएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले रुसको मस्को सहरमा मात्र पछिल्लो २४ घन्टामा करिब पाँच हजार जनामा सङ्क्रमण देखिएको बताएका छन् ।सिन्ह्वा



प्रतिक्रिया दिनुहोस !