४ आश्विन २०८१, शुक्रबार

हरेक मन्त्रीपरिषद्को निर्णय भोलीपल्ट ३ बजे सार्वजनिक गरिने

प्रकाशित मिति :  9 November, 2021 3:28 pm


काठमाडौं । नेपाल सरकार मन्त्रीपरिषद् वैठकको निर्णय वैठक बसेको भोलीपल्ट दिनको ३ बजे सार्वजनिक गरिने भएको छ ।

सोमबार बसेको मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा मंगलबार संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुुर कार्कीले सो जानकारी गराएका हुन् ।

मन्त्रीपरिषद्ले मुलुकको विभिन्न स्थानमा वर्षाको कारण भएको धानबाली क्षति पुुगेका किसानलाई राहत उपलब्ध गराउने सम्बन्धि कार्यदलको प्रतिवेदनलाई मन्त्रीपरिष्ले स्वीकृत गरेको छ ।

कृषि तथा वन तथा वन समूहमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयकी सचिव निरु दाहलाई कृषि सचिवमा बढुवा गर्ने लगायतकाे निर्णय  गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !