१४ मंसिर २०८१, शुक्रबार

मेघा बैंकले गर्‍यो लाभांश घोषणा, बोनस सेयर कति ?

प्रकाशित मिति :  10 November, 2021 12:54 pm


काठमाडौं । मेगा बैंक लिमिटेडले लाभांश वितरण गर्ने भएको छ । गत आर्थिक वर्षको संचित मुनाफाबाट बैकले आफ्ना सेयरधनीलाई १२.०७ प्रतिशत लाभांश घोषणा गरेको हो

बैंकको मंगलबार ( कार्तिक २३ गते) सम्पन्न सञ्चालक समितिको ३४२ औं बैठकले सञ्चित मुनाफा र सेयर प्रिमियम कोष समेतबाट गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट बैंकका सेयरधनीहरूलाई चुक्ता पूँजीको १२.०७ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।

समितिबाट प्रस्ताव गरिएको उक्त लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृती तथा बैंकको आगामी साधारण सभाबाट पारित भएपछि मात्र सेयरधनीलाई वितरण हुनेछ ।

हाल बैंकको चुक्ता पूँजी १४ अर्ब ६५ करोड ४९ लाख ६४ हजार ९५७ रुपैयाँ रहेको छ । प्रस्तावित १ अर्ब ७६ करोड ८८ लाख ५४ हजार २७० रुपैयाँ बोनस वितरणपछि बैंकको चुक्ता पूँजी १६ अर्ब ४२ करोड ३८ लाख १९ हजार २२८ रुपैयाँ पुग्नेछ ।



प्रतिक्रिया दिनुहोस !