लक्ष्मी बैंकद्वारा लाभांश घोषणा, बोनस सेयर कति ?
प्रकाशित मिति : 11 November, 2021 1:54 pm
काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । गत आर्थिक वर्षको संचित मुनाफाबाट बैंकले आफ्ना सेयरधनीहरुलाई ११ं.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव राखेको छ ।
बैंकको आज कार्तिक २५ गते, बिहिलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई चुक्ता पूँजीको ८ प्रतिशतका दरले बोनस सेयर र कर प्रयोजनार्थ समेत गरी ३.५ प्रतिशत नगद गरी कुल ११.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकको स्विकृत भई र बैंकको आगामी साधारण सभाबाट पारित भएपश्चात मात्रै सेयरधनीलाई वितरण गरिनेछ ।