रेडक्रसको विशेष महाधिवेशन भाँडियो [फोटो फिचर]
काठमाडौं । नेपाल रेडक्रस सोसाइटीको विशेष महाधिवेशन भाँडिएको छ । विधान संशोधन गर्नको आइतबार र सोमबार विशेष महाधिवेशन गर्न लागिएको थियो ।
कार्की व्याङ्क्वेट बबरमहल,काठमाडौंमा सुरु भएको महाधिवेशन भाँडिएको हो ।
२०७५ पौष ३० गते जिल्ला प्रशासन कार्यालय काठमाडौंले संशोधन सहितको प्रमाणीकरण गरेको विधानलाई तदर्थ समितिका डा. नेत्र तिमल्सीना र विश्व केशर मास्केले असहमति जनाएका थिए ।
दुबैपक्षबीच विवाद सुरु भएपछि विशेष महाधिवेशन नै भाँडिएको हो ।
धेरै जिल्लाको समिति विघटन गरेर अवैधानिक रुपमा तर्दथ समिति गठन गरेर विधान अधिवेशन बोलाएको विषय उठेपछि विवाद सुरु भएको थियो ।
“अवैधानिक रुपले महाधिवेशन बोलाइयो तर्दथ समितिलाई विधान संशोधन गर्ने अधिकार छैन भन्ने कुरा आयो”, महाधिवेशनमा उपस्थित रेडक्रसका सदस्यले बताए ।
विशेष महाधिवेशनमा उपस्थित युवाहरुले राजनीति मुक्त र रेडक्रसमा युवाले नेतृत्व गर्नुपर्ने बताएका । विधान संशोधन गर्न सहमति नभएपछि केही व्यक्तिले हुल दङ्गा गरेका थिए ।
उनीहरुलाई प्रहरीले पक्राउ गरेको जनाइएको छ ।