६ आश्विन २०८१, आइतबार

भोको अमेरिकीहरूलाई खुवाउन फुड बैंकहरू समस्यामा

प्रकाशित मिति :  14 November, 2021 3:04 pm


काठमाडौं । अमेरिकाभरिका फुड बैंकहरूले भोको अमेरिकीहरूलाई खुवाउन संघर्ष गरिरहेका छन् ।

स्फीति रेकर्ड र आपूर्ति शृंखला संकटका कारण अमेरिकाको राष्ट्रिय बिदा अघि यो समस्या देखिएको हो ।

अलामेडा काउन्टीको क्यालिफोर्निया कम्युनिटी फुड बैंकलाई स्फीति र खानाको मूल्य वृद्धिले ठूलो चुनौती खडा गरिदिएको कार्यकारी निर्देशक रेगि यङले जनाएका छन् ।

फलफुल, तरकारी र बट्टाको मासु जस्ता खानेकुराको मूल्य बढेकोले फुड बैंकलाई बजेट अनुसार तनाव बढेको उनले जनाए ।

फुड बैंकहरूलाई यातायात खर्चको समस्या र लामो दुरीमा आपूर्ति गर्ने समस्या थपिएको छ ।

“गत वर्ष हामीले दुई सातामा यी विषयहरूलाई व्यवस्थित गरेका थियौं । तर अहिले यो समय दोब्बर लाग्ने देखिएको छ ” यङले भने ।

।अर्कान्सास रिभर भ्याली रिजनल फुड बैंकका निर्देशक ट्रेसी इङ्गेलले भने “ गत वर्ष ५हजारदेखि ६ हजार टर्कीहरू जताततै थिए अहिले यो वर्ष मेरो फ्रिजरमा पाँच मात्रै छन् ।”

स्फीति नियन्त्रण गर्न नसकेकाले राष्ट्रपति जो बाइडनको व्यापक आलोचना भएको छ ।



प्रतिक्रिया दिनुहोस !