६ आश्विन २०८१, आइतबार

रुसले भारतलाई उन्नत क्षेप्यास्त्र प्रणाली एस फोरहन्ड्रेडको आपूर्ति गर्न सुरु गर्‍यो

प्रकाशित मिति :  14 November, 2021 4:33 pm


काठमाडौं । रुसले भारतलाई उन्नत आधुनिक क्षेप्यास्त्र प्रणाली एस फोरहन्ड्रेडको आपूर्ति गर्न सुरु गरेको छ ।

सन् २०१८मा हस्ताक्षर भएको हतियार सम्झौता अन्तर्गत चलायमान वायु क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली एस फोरहन्ड्रेडको आपूर्ति गर्न सुरु गरेको हो । रुसले उच्चस्तरको यो हतियार यसअघि चीन र टर्कीलाई आपूर्ति गरिसकेको छ ।

रुसको सैन्य प्रविधि निगमको संघीय सेवाका प्रमुख दमित्री शुगाएभले भारतलाई एस फोरहन्ड्रेडको आपूर्ति गर्न सुरु गरिएको बताएका छन् ।

यो प्रणालीको निर्यात मूल्य ५ अर्ब ४० करोड अमेरिकी डलर बराबर रहेको छ ।

यो सम्झौताले भारतमाथि अमेरिकी नियोगद्वारा जरिवाना हुन सक्ने देखिएको छ ।

अमेरिकाको प्रतिकुल नाकाबन्दी ऐन अन्तर्गत अमेरिकाले यो हतियार सम्झौताका लागि नाकाबन्दी लगाउन सक्ने छ ।

सन् २०१७मा रुसमाथि नाकाबन्दी लगाएको थियो । यो नाकाबन्दी सन् २०१६ को राष्ट्रपति निर्वाचनमा हस्तक्षेप गरेको आरोपमा लगाइएको थियो । इरान र उत्तर कोरियालाई पनि विभिन्न कारणले तारो बनाइएको छ ।

अक्टोबरमा अमेरिकी सिनेटरहरूको एक समूहले भारतलाई छुट दिने विधेयक प्रस्तुत गरेको थियो । चीनको उदय भइरहेका बेला अमेरिकाले भारतसँगको निकटतम् सम्बन्ध बनाउन यो विधेयक प्रस्तुत गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !