६ आश्विन २०८१, आइतबार

चीनको पुँजी बजारमा सुधार ल्याउन बेइजिङ स्टक एक्सचेन्ज

प्रकाशित मिति :  15 November, 2021 2:53 pm


काठमाडौं । चीनको मुख्यभूमिमा तेस्रो स्टक एक्सचेन्जको सोमबार १० नयाँ कम्पनीको निष्काशन गरिएको आईपीओ कारोबार ह्वातै बढेको छ ।
सरकार समर्थित बेइजिङ स्टक एक्सचेन्जमा कुल ८१ स्टकको पहिलो सुरुआती कारोबार सुरु भयो । यसमा साना तथा मझ्यौला व्यवसायको सेवा गर्नु उद्देश्य रहेको छ ।

यसमा सूचीकृत कम्पनीहरूमा अधिकांश सफ्टवेयर, फर्मास्युटिकल र उच्च छेउको उत्पादनमूलक क्षेत्रका कम्पनीहरू रहेका छन् ।
सार्वजनिक कम्पनीको रूपमा खुला गरिका १० कम्पनीको स्टक ६ गुना बढेर गएको छ । अन्य ७१ कम्पनीहरूलाई यो स्टक एक्सचेन्जमा सामेल गरिएको छ ।

४० लाख बढी लगानीकर्ताहरू बेइजिङको न्यु स्टक एक्सचेन्जमा रजिष्टर्ड गरिएको रोयटर्सले जनाएको छ । यो नयाँ एक्सचेन्जको उद्देश्य भनेको चीनको पुँजी बजारमा सुधार ल्याउन गरिएको नयाँ कदम हो । यसको उद्देश्य देशको सम्पत्ति असमानता घटाउनु रहेको छ ।



प्रतिक्रिया दिनुहोस !