नेकपाले गरेको बन्दको रोल्पामा पूर्ण प्रभाव
उमा के.सी.
रोल्पा । विप्लव नेतृत्वको नेकपाले गरेको नेपाल बन्दको रोल्पामा पूर्ण प्रभाव परेको छ । बन्दका कारण विहानै देखी वजार,कलकारखाना र शिक्षण संस्था खुलेका छैनन् ।
बन्दका कारण जिल्लामा चल्ने लामो तथा छोटो दुरीका सवारी साधनसमेत चलेका छैनन् । छोटो दुरीका सवारी साधन नचल्दा यात्रुहरु पैदलयात्राद्धारा गन्तव्यमा पुग्न बाध्य भएका छन् ।
बन्दले रोल्पाबाट काठमाण्डौ, पोखरा, वुटवल, नेपालगंज र दाङ जान ग्रामीण भेगवाट सदरमुकाम लिवाङ आएका यात्रुहरु अलपत्र परेका छन् । बन्दको जानकारी नभई विहानी कक्षाका लागि विद्यालय पुगेका विद्यार्थीहरु विद्यालय बन्द भएसंगै फर्किएका छन् ।
बन्दले जिल्ला सदरमुकाम लिवाङका साथै सुलिचौर, घर्तीगाउँ, होलेरी, वागमारा बजार क्षेत्र समेत ठप्प रहेका छन ।
बन्दको आवह्वान गर्दै नेपाल कम्युनिष्ट पार्टी रोल्पाले हिजो वेलुका जिल्ला सदरमुकाम लिवाङ,त्रिवेणी गाउँपालिकाको जुगार र थवाङमा मसाल जुलुस समेत गरेको थियो ।