६ आश्विन २०८१, आइतबार

फेसबुक विरूद्ध १ खर्ब भन्दा बढी अमेरिकी डलरको मुद्दा दायर

प्रकाशित मिति :  16 November, 2021 3:23 pm


काठमाडौं । अमेरिकाको ओहिओका महान्यायाधिवक्ता डेभ योस्तीले बालबालिकालाई असर पुगेको भन्दै फेसबुक विरूद्ध मुद्दा दायर गरेका छन् ।

सन् २०२१को अप्रिलदेखि अक्टोबरसम्म अदालतका दस्तावेजहरूले फेसबुकको व्यवस्थापनले संघीय सुरक्षा कानुनको उल्लंघन गरेको जनाएको छ ।

सो दस्तावेजमा फेसबुक व्यवस्थापनले जानीजानी सार्वजनिकरूपमा भ्रम सिर्जना गरेको जनाएको छ ।

महान्याधिवक्ता योस्तीले जारी गरेको विज्ञप्तिमा भनेका छन् “ फेसबुक (मेटा)ले वास्तवमा मुनाफाका लागि दुःख र विभाजन सिर्जना गरिरहेको छ ।”

फेसबुकका फाइलहरूको प्रकाशन यो वर्ष सार्वजनिक भएपछि सत्य उदाउन सुरु गरेको योस्तीले जनाएका हुन् । फेसबुकका पूर्व कर्मचारीले फेसबुकले मुनाफाका लागि जेसुकै गरेको आरोप लगाएका छन् ।

फेसबुकका संस्थापक मार्क जुकरबर्गले ती आरोपहरू गलत भएको र कम्पनीले मुनाफालाई मात्र ध्यान नदिएको जनाएका छन् ।

यो मुद्दा मेटाका लगानीकर्ताहरू र ओहिओ सार्वजनिक कर्मचारी सेवा निवृत प्रणाालीको तर्फबाट दायर गरिएको छ । वादीहरूले संयुक्तरूपमा १ खर्ब अमेरिकी डलर बराबरको क्षतिपूर्ति मागेका छन् ।

मेटाका प्रवक्ताले यो मुद्दाको अर्थ छैन हामी अदालतमा त्यसको प्रतिवाद गर्ने बताएका छन् ।

 



प्रतिक्रिया दिनुहोस !