३१ भाद्र २०८१, सोमबार

बुटवल खुला लन टेनिस प्रतियोगिताको फाइनलमा भिड्नेको टुंगो

प्रकाशित मिति :  19 February, 2020 8:26 pm


रूपन्देही, ७ फागुन। रुपन्देहीमा जारी तेस्रो बुटवल खुल्ला लन टेनिस प्रतियोगिता अन्तरगत तेस्रो दिन विभिन्न इभेन्टका खेल सम्पन्न भएका छन् ।

रुपन्देही लन टेनिस सङ्घको आयोजनामा आज भएका खेलमा विजयी हुँदै वोमन्स सिङ्गलतर्फ उपाधिका लागि सलोनी तामाङ र प्रकृति श्रेष्ठले फाइनल खेल्ने भएका छन् । बुटवलस्थित देवीनगर लन टेनिस कम्प्लेक्समा बुधबार भएको पहिलो सेमिफाइनलमा सलोनीले भगवती विकलाई तथा प्रकृति श्रेष्ठले ईन्द्रकला श्रेष्ठलाई सोझो सेटमा पराजित गर्दै फाइनल भिडन्त पक्का गरेका हुन् ।

यसैगरी मेन्स सिङ्गलतर्फ भएको क्वाटरफाइनल खेलमा रीतिक रानाले प्रदीप खड्कालाई, सन्तोष खत्रीले निशान श्रेष्ठलाई, नवीन मगरले विकास खड्कालाई सोझो सेटमा पराजित गरेका छन् ।
मेन्स डबल्सतर्फ खेलमा पनि नवीन मगर र प्रवीण खनालको जोडीले भीष्म काउचा र रीतिक रानाको जोडीलाई तथा सन्तोष खत्री र प्रदीप खड्काको जोडीले सम्यक विक्रम बज्राचार्य र निरज गुरुङको जोडीसँग सोझो सेटमा पाखा लगाएका छन् ।
यसैगरी ३५ वर्ष प्लस उमेर समूहको उपाधिका लागि कमल भण्डारीले राजु श्रेष्ठको सामना गर्ने छन् । आज भएको पहिलो सेमिफाइनल खेलमा कमल भण्डारीले रामु विकलाई सोझो सेट तथा राजु श्रेष्ठले सञ्जय श्रेष्ठलाई सोझो सेटमा पराजित गर्दै फाइनल भिडन्त पक्का गरेका हुन् । यसैगरी ३५ वर्ष उमेर समूहको डबल्सको उपाधिका लागि कमल भण्डारी र चन्द्र शाहीको जोडीले राजु श्रेष्ठ र दुर्गा केसीको जोडीसँग भिड्ने भएका छन् ।

यसैगरी ४५ वर्ष उमेर समूहको डबल्सको उपाधिका लागि गोपी भट्टराई र धर्मसिंह लामिछानेको जोडीले मनोज राना र शिव सेढार्इंको जोडीसँग भिड्ने भएका छन् । पैतालीस वर्ष सिङ्गलमा चन्द्र शाहीले धर्मसिंह घिमिरेलाई तथा बिमल गुरुङले सुकमान गुरुङलाई सोझो सेटमा पाखा लगाए । त्यस्तै ५५ वर्ष सिङ्गलको उपाधिका लागि राजु गुरुङ र विमल गुरुङ भिड्ने भएका छन ।



प्रतिक्रिया दिनुहोस !