६ आश्विन २०८१, आइतबार

बेलायती प्रधानमन्त्री बोरिसका बाबु विरूद्ध यौन उत्पीडनको आरोप

प्रकाशित मिति :  17 November, 2021 5:20 pm


काठमाडौं । बेलायती प्रधानमन्त्री बोरिस जनसनका पिता स्टेनली जनसन विरूद्ध दुई महिलाहरूले यौन उत्पीड़नको आरोप लगाएकी छिन् ।
यसमा एक कन्जरभेटिभ पार्टीकी सांसद पनि रहेकी छिन् ।

अर्की आरोप लगाउने महिला पत्रकार छिन् । दुवैले जनाए अनुसार दुवै घटना पुराना छन् । प्रधानमन्त्री बोरिसका पिता स्टेनली यसअघि पनि चर्चामा रहेका व्यक्ति हुन् । स्टेनली आफै एक राजनीतिाज्ञ र वल्र्ड बैंकसँग जोडिएका व्यक्ति हुन् ।

कन्जरभेटिभ पार्टीको महिला संसदीय समिति सदस्य रहेकी सांसद क्यारोलिन नोक्सले स्काइ न्युजलाई दिएको एक अन्तर्वार्तामा प्रधानमन्त्रीका पिता स्टेनलीले छेडछाड गरेको गम्भीर आरोप लगाइन । एक महिला पत्रकारले पनि यस्तै आरोप लगाइन ।

नोक्सले भनिन “ स्टेनली एक प्रतिष्ठित व्यक्ति हुन् ं।जतिखेरको यो घटना हो त्यतिखेर स्टेनली डेवान क्षेत्रबाट कन्जरभेटिभ पार्टीका उम्मेदवार थिए । उनले मलाई गलत तरिकाले स्पर्श गरे र आपत्तिजनक व्यवहार गरी हिँडेर गए । उनले अश्लील टिप्पणी पनि गरेका थिए ।
नोक्सका अनुसार सो घटना पार्टीको वार्षिक समारोह २००३मा भएको थियो । त्यो बेला हामी दुवै सांसदको चुनाव लड़न गइरहेका थिए । त्यतिखेर उनको उमेर करिब ३० वर्ष थियो । आफ्नो राम्रो नराम्रो बारे उनी आफै जानकार थिइन् ।

नोक्सले आगामी दिनमा यस्ता घटना दोहोरिन दिन यस किसिमको घटनाबारे कुरो गर्नु आफ्नो जिम्मेवारी भएको बताइन् । त्यतिखेर आफूले यस्तो गर्न नसकेको बताउँदै उनले आज पनि मुख थुनेर बसेँ भने मेरी छोरी पनि सम्भवतः मुख थुनेर बस्नुपर्ने बताइन् ।

नोक्सले गम्भीर आरोप लगाएपछि न्यु स्टेट्सम्यानकी बरिष्ठ पत्रकार एलिबे रे उनका विरूद्ध यस्तै आरोप लगाएकी छिन् ।

२०१९मा कन्जरभेटिभ पार्टीको एक सम्मेलनमा स्टेनलीले पनि आफूसँग यस्तै आपत्तिजनक व्यवहार गरेको रेले बताइन् । “नोक्सप्रति आभार प्रकट गर्छु उनले मलाई मेरो सत्य बाहिर ल्याउन साहस दिने काम गर्नु भयो ”रेले भनिन् ।

नोक्सको आरोपबारे प्रधानमन्त्री बोरिसका पिता स्टेनलीले भने “ मलाई त नोक्सको बारेमा केही स्मरण छैन् । तर सबै यसरी नै चलेको छ । त्यसैले यसबारेमा मैले कुनै जवाफ दिन चाहन्न”

 



प्रतिक्रिया दिनुहोस !