११ माघ २०८१, शुक्रबार

रोल्पाका युवा व्यवसायी डाँगी बने जिल्लाकै उत्कृष्ट करदाता,छैटौं पटक सम्मानित

प्रकाशित मिति :  18 November, 2021 11:32 am


उमा के.सी.

रोल्पा । रोल्पाका एक युवा व्यवसायी लगातार छैटौं पटक जिल्लाकै उत्कृष्ट करदाताको रुपमा सम्मानित भएका छन् ।

रोल्पा नगरपालिका वडा नं. ४ का युवा व्यवसायी सागर विक्रम डाँगी जिल्लाकै सवभन्दा वढी कर दाखिला गर्ने व्यवसायीको रुपमा करदाता सेवा कार्यालय प्यूठानवाट छैटौ पटक सम्मानित भएका हुन ।

करदाता सेवा कार्यालय प्यूठानले डाँगीलाई आर्थिक वर्ष २०७६/०७७ मा रोल्पा जिल्लाकै सबैभन्दा वढी कर दाखिला गर्ने करदाताको रुपमा प्यूठानमा सम्मान गरेसंगै उनी लगातार छैटौ पटक सम्मानीत भएका हुन ।

रोल्पा नगरपालिका वडा नं.४ स्थित शुभम ट्रेडर्सका प्रोपाईटर डाँगीले हार्डवयरका साथै निर्माण व्यवसायको समेत काम गर्दछन ।

प्रोपाईटर डाँगी आर्थिक वर्ष २०७१/०७२ देखी लगातार जिल्लाकै सवभन्दा बढी करदाखिला गर्ने व्यवसायीको रुपमा सम्मानित हुुँदै आएका छन् ।

राज्यलाई जिल्लावाटै सवभन्दा वढी कर तिरेर सम्मानित भएकोमा आफूलाई गर्व लागेको युवा व्यवसायी डाँगीले प्रतिकृया   दिए । “राज्यलाई कर तिर्नु हरेक व्यवसायीले दायित्व भएपनि सवभन्दा वढी कर तिर्ने करदाताको रुपमा सम्मानीत हुनु मेरा लागी खुसीको कुरा हो” डाँगीले भने । ।



प्रतिक्रिया दिनुहोस !