७ मंसिर २०८१, शुक्रबार

सर्वोच्च अगाडि वकिल र प्रहरीबीच झडप, बार अध्यक्ष घाइते

प्रकाशित मिति :  18 November, 2021 12:21 pm


काठमाडौं । सर्वोच्च अदालतमा धर्ना बसेका वकिल तथा प्रहरीबीच झडप भएको छ ।

सर्वोच्च परिसरमा भएको सो झडपमा धर्नाका बसेका नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित एक दर्जन कानुन व्यवसायी घाइते भएका छन् । वकिलहरू मुख्य भवनतर्फ प्रवेश गर्न खोजेपछि प्रहरीले हस्तक्षेप गर्दा दुवै पक्षबीच झडप भएकाे हाे ।

अध्यक्ष श्रेष्ठलगायत केही वकिलहरू सामान्य घाइते भएका हुन् । श्रेष्ठले प्रहरीले लठ्ठीले छातीमा घोचेर ठेलेको बताएका छन् ।

वकिलहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनका कार्यक्रम सञ्चालन गर्दै आएका छन् । सो अन्तर्गत सर्वोच्च अदालतमा धर्ना दिएर प्रधानन्यायाधीशलाई छिर्न नदिने कार्यक्रम सञ्चालन भइआएको हो ।



प्रतिक्रिया दिनुहोस !