तीन सिमेन्ट उद्योग कारबाहीमा, बजारमा पठाएको सिमेन्ट फिर्ता गर्न निर्देशन
काठमाडौं । गुणस्तरको मापदण्ड पुरा नगरेको भेटिएपछि ३ वटा सिमेन्ट उद्योग कारबाहीमा परेका छन् ।
नेपाल गुणस्तर तथा नापतौल विभागले गुणस्तर मापदण्ड पुरा नगरेको भन्दै मारुती सिमेन्ट, युनाइटेड सिमेन्ट र जगदम्बा सिमेन्ट उद्योगलाई कारबाही गरेको हो । बजार अनुगमनका क्रममा संकलित नमुना विभागको प्रयोगशालामा परीक्षण गर्दा र उद्योग निरीक्षण गर्दा कारबाही गरिएको विभागले जनाएको छ । ति उद्योगले नेपाल गुणस्तर प्रमाण चिन्ह प्राप्त गरेपनि परीक्षण गर्दा मापदण्ड नपुगेको विभागको भनाई छ ।
विभागले मारुती सिमेन्टको ओ.पि.सि. ४३ ग्रेडको बिक्री वितरण रोक्न, उक्त व्याजको सम्पूर्ण सिमेन्ट बजारबाट फिर्ता गर्न र १५ दिनभित्र स्पष्टिकरण पेश गर्न पत्राचार गरेको छ ।
त्यस्तै युनाइटेड सिमेन्टको ओ.पि.सि. ५३ ग्रेडको बिक्री वितरण रोक्न, उपरोक्त व्याजको सम्पूर्ण सिमेन्ट बजारबाट फिर्ता लिन र १५ दिनभित्र स्पष्टिकरण गर्न भनिएको छ ।
त्यस्तै जगदम्बा सिमेन्टको पिसिसीको विक्री वितरण रोक्न,उपरोक्त व्याजको सम्पूर्ण सिमेन्ट बजारबाट फिर्ता लिन र १५ दिनभित्र स्पष्टिकरण पेश गर्न पत्राचार गरिएको छ ।
यस्तै विभागले जानकी केवल ई.प्रा.लि. धनुषा र श्री ग्याँस वान नेपाल प्रा.लिलाईपनि काबाराही गरेको छ ।