नारायाणी डेभलपमेन्टले १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने
प्रकाशित मिति : 19 November, 2021 2:37 pm
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकलाई सतप्रतिशत हकप्रद निष्कासन गर्ने भएको छ । आज (शुक्रबार) नेपाल धितोपत्र बोर्ड (सेबोन)ले बैंकलाई सतप्रतिशत हकप्रद सेयर निष्कासन अनुमति दिएको हो ।
योसँगै अब बैंकले १ः१ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको छ । बैंकले बैंकले १०० रुपैयाँ अंकित दरका कुल १३ लाख १२ हजार ३३८ कित्ता हकहप्रद सेयर निष्कासन गर्नेछ।
बैंकले उक्त हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड लाई नियुक्त गरेको छ ।