१० माघ २०८१, बिहिबार

सहकारी विकासका लागि भिजन पेपरको तयारी अगाडि बढाएका छौं : मन्त्री श्रेष्ठ

प्रकाशित मिति :  19 November, 2021 2:20 pm


काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले सहकारी क्षेत्रलाई मुलुकको समृद्धिको आधारको रुपमा विकास गर्न मन्त्रालयले भिजन पेपरको तयारीको कार्य अघि बढाएको जानकारी दिएकी छन् ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन)को ३० औं साधारण सभाको आज काठमाडौंमा उद्घाटन गर्दै मन्त्री श्रेष्ठले सहकारी क्षेत्रलाई मर्यादित, दिगो र विश्वसनीय बनाउनु पर्ने आवश्यकता औल्याउँदै समग्र विकासका लक्ष्यहरु प्राप्त गर्न सहकारी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न आफू प्रतिबद्ध रहेको बताइन् ।

मन्त्री श्रेष्ठले अर्थतन्त्रको तीन खम्बे नीतिमा सहकारी क्षेत्र अर्थतन्त्रको अत्यन्त महत्वपूर्ण तथा संवेदनशील क्षेत्र भएकाले सामाजिक सशक्तिकरण मार्फत गरीवी न्युनिकरणको राष्ट्रिय लक्ष्यमा बचत तथा ऋण सहारी संस्थाहरुको योगदान महत्वपूण रहने विश्वास समेत व्यक्त गरिन् ।

मन्त्री श्रेष्ठले राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ गर्ने, छरिएर रहेको श्रम, सीप, पुँजी र प्रविधिलाई एकिकृत गर्ने, बृहद संञ्जालीकरण मार्फत समग्र उत्पादन, उत्पादकत्व र रोजगारी सृजनाद्वारा उद्यमशीलताको प्रवद्र्धन गरी स्वाधिन र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा बचत तथा ऋण सहारी संस्थाहरुको महत्वपूर्ण भूमिका रहनेमा जोड दिइन् ।

सहकारी र वैंकबीच कानुनी, प्रशासनीक तथा सैद्धान्तिक रुपमानै अन्तर रहेकाले वचत तथा ऋण सहकारी तथा बहुउद्देश्य सहकारीहरू सामुहिक सहकार्य, प्रजातान्त्रिक अभ्यासद्वारा सामुहिक गतिविधिबाट सञ्चालन हुनुपर्ने विश्वव्यापी मान्यता रहेतापनि नेपालमा साहुकारी मोडलमा सञ्चालन भएको विषय चिन्ताजनक रहेको भन्दै यसमा सुधार आवश्यक रहेको मन्त्री श्रेष्ठले औल्याइन् ।



प्रतिक्रिया दिनुहोस !