९ माघ २०८१, बुधबार

आईसीटी क्षेत्रकाे लिडर नीजि क्षेत्र हाे, सरकार सहजीकरणकाे भूमिकामा रहन्छः सचिव अर्याल

प्रकाशित मिति :  19 November, 2021 2:30 pm


काठमाडाैं ।  सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले सूचना प्रविधि क्षेत्रकाे नेतृत्वदायी भूमिकामा नीजि क्षेत्र रहेकाे बताएका छन् । नीजि क्षेत्रकाे नेतृत्वलाई सरकारले सहजिकरण गर्ने बताए । 

कम्युटर एशाेसिएसन नेपाल (क्यान महासंघ) घले आयोजना गरेको साइन रेसुुङ्गा बीटूूबी आईसीटी विजनेस समिट २०२१ को उद्घाटन कार्यक्रममा बोल्दै अर्यालले सरकारले सूचना प्रविधिको रुपान्तरणका लागि डिजिटल नेपाल फ्रेमवर्क ल्याएको चर्चा गर्दै प्रविधि विस्तारमा नीजि क्षेत्रले खेलेको भूमिकाको प्रशंसा गरे। 

‘‘आइसीटी क्षेत्रकाे लिडर नीजि क्षेत्र हाे, सरकार सहजीकरण भूमिकामा रहन्छ,’’ उनले भने, ‘‘नीजि क्षेत्रमा पनि युवा पुस्ताकाे नेतृत्वदायी भूमिका प्रशंसनीय छ । नेतृत्वदायी भूमिकामा नीजि क्षेत्र सक्षम भएर अगाडि बढाेस्, सरकार साथमा रहनेछ ।’’ 

आईसीटीकाे प्रयाेगबाट विजनेस अगाडि बढाउनदेखि दैनिकी सहज बनाउन सकिने चर्चा गर्दै उनले आइसीटीकाे प्रयाेग गरेर हामीले डिजिटल इकाेनाेमी प्रवर्धन गर्न सकिने भएकाले सरकार र नीजी क्षेत्रकाे समान सहभागीताले भात्र याे क्षेत्रमा फड्काे मार्न सकिने उनकाे भनाइ छ । 

कृषि, उद्याेग, पर्यटन सबैमा सूचना प्रविधिकाे प्रयाेगले उत्पादन बढाउन र आय बढाउन सूचना प्रविधिकाे उपयाेगिताकाे भूमिका अहम् रहने उनले बताए । 

कार्यक्रममा बाेल्दै नेपाल उद्याेग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले सूचना प्रविधिकाे विकासमा नीजि क्षेत्र भूमिका निभाउन तयार रहेकाे बताए । सरकारकाे साथ र सहयाेग रहेमा डिजिटल नेपालकाे प्रवर्धन थप प्रभावकारी हुने उनकाे भनाइ छ । 

क्यान महासंघका अध्यक्ष नवराज कुँवरले महासंघ र नीजि क्षेत्र सरकारकाे समन्वयकारी भूमिका मात्र भएमा पनि डिजिटल नेपाल बनाउन प्रतिवद्ध रहेकाे बताए । 



प्रतिक्रिया दिनुहोस !