९ माघ २०८१, बुधबार

प्रचण्ड र विप्लवबीच भेटवार्ता,संयुक्त प्रगतिशील सरकार र जनतमतसंग्रहबारे छलफल

प्रकाशित मिति :  20 November, 2021 1:03 pm


काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ ।

पार्टी एकताका लागि प्रचण्डले आग्रह गरिरहेका बेला विप्लवसँग छलफल भएको हो । नेकपाले‘ मुलुकको समसामयिक राजनीतिक विषयमा गम्भीर छलफल भएको’ जनाएको छ ।

भेटमा महासचिव विप्लवले मुलुकको वर्तमान जटिल राजनीतिक अवस्थालाई निकास दिनका लागि नेकपा र सरकारबीच भएको तीन बुँदे सहमति कार्यान्वयन गर्नुपर्ने,प्रगतिशील संयुक्त सरकार, जनमतसङ्ग्रहका तयार गर्नुपर्ने प्रस्ताव गरेका थिए ।

भेटमा माओवादी केन्द्रका तर्फबाट प्रवक्ता कृष्णबहादुर महरापनि सहभागि थिए । केही दिन अघि मात्रै प्रचण्डले विप्लवसँग पार्टी एकता गरेर हात मिलाउन प्रतिक्षारत रहेको बताएका थिए ।



प्रतिक्रिया दिनुहोस !