८ मंसिर २०८१, शनिबार

इच्छाराजलाई ऋण तिर्ने ३५ दिने सूचना,नभए सुन्धाराको मल लिलाम हुने

प्रकाशित मिति :  22 November, 2021 12:47 pm


काठमाडौं । कर्मचारी सञ्चय कोषले सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङ लगायतको नाममा सूचना जारी गर्दै ३५ दिन भित्र साँवा ब्याज तिर्न आग्रह गरेको छ ।

कोषले सूचना जारी गर्दै बुझाउन बाँकी सम्पूर्ण ऋण, त्यसमा लाग्ने ब्याज र हर्जानामा ब्याज तथा लाग्ने अन्य रकम भुक्तानी गर्न भनेको छ ।

सिभिल स्टेट्स प्रा.लीका सञ्चालक इच्छाराज तामाङ, केशवलाल श्रेष्ठ र प्रविण मुखिया हुन् । उनीहरुको नाममा कोषले सूचना निकालेको हो ।

सूचना जारी भएको ३५ दिनभित्र भुक्तानी नगरे चल,अचल सम्पती कब्जा/लिलाम बिक्री गरी वा अन्य कार्यबाही गरी असुल गर्ने जनाएको छ ।

धितोको रुपमा रुपमा काठमाडौं महानगरपालिका सुन्धाराको ६ रोपनी जग्गा र त्यसमा निर्माण भएको ८२ हजार ९५ वर्गफिट बराबरको १३२ इकाई कबलहरु रहेका छन् ।



प्रतिक्रिया दिनुहोस !